Friday, 5 April 2019

पृष्ठभुमी

वि.स. २०४० सालमा ७५ वटै जिल्लामा जिल्ला वन कार्यालय स्थापना गर्ने गरी भएको निर्णय वमोजिम यस कार्यालयको स्थापना भएको हो । सो भन्दा पहिले रिडी वन डिभिजन कार्यालयवाट यस जिल्लाको वन प्रशासन सञ्चालनमा रहेको थियो । वि.स. २०५० तथा वि.स. २०७० मा वन विभागको संगठनमा गरिएको परिवर्तन अनुसार यस कार्यालयको संरचनामा समेत परिवर्तन हुँदै आएको छ । पछिल्लो संरचना अनुसार यस कार्यालय अन्तर्रगत १ वटा सेक्टर वन कार्यालय र ८ वटा इलाका वन कार्यालय रहेकोमा नेपाल सरकार म.प.को मिति २०७५÷०३÷३२ को निर्णय अनुसार प्रदेश सरकार अन्तरर्गत रहने गरि यस कार्यालयको नाम डिभिजन वन कार्यालय हुन गएको र कार्यालय अन्तर्रग्त ६ वटा सव–डिभिजन कार्यालय रहने गरि व्यवस्था गरिएको छ ।  

0 comments:

Post a Comment